दफा ४५
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको दायित्व
: (१) अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गराउने दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ ।
(२) राज्यका तर्फबाट अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइने सहयोग सहज रुपमा उपलब्ध गराउने दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहकोहुनेछ ।
(३) आफ्नो क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तवरबाट उपलब्ध हुन सक्ने सम्मका सेवा, सुविधा तथा अवसर उपलब्ध गराउने दायित्व सम्बन्धित स्थानीय तहको हुनेछ ।
(४) अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले तोकिए बमोजिमका उपायहरुको अवलम्बन गर्नेछ ।